कालोबजारी गर्ने अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति

  

चैत्र २६, काठमाडौं । कोरोनाको ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।  

बुधबार जिल्ला अदालत, काठमाडौंले अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  

स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल मंगलबार न्यूरोडबाट पक्राउ परेका थिए । जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका उनले ३ देखि ५ हजारसम्म पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको प्रहरीको आरोप छ ।  

यद्यपी पक्राउ लगतै अग्रवालको घर र कार्यालयमा छापा मार्दा प्रहरी रित्तो हात फर्किएको थियो ।  

शनिबार अग्रवालसहितको समूहले चीनको ग्वान्झाओबाट ७.५ टन स्वास्थ्य सामग्री ल्याएको थियो । त्यसैको खोजीमा प्रहरीले घर र कार्यालयमा छापा हानेको हो । तर उनले ती सामग्री लुकाएको स्थान प्रहरीले हालसम्म भेट्टाउन सकेन, रित्तो हात फर्कियो प्रहरी टोली ।  

अग्रवाल युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष समेत हुन् । पक्राउ परेका अग्रवाललाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =