नेपाल आइपुग्यो ज्याक मा र अलिबाबा फाउन्डेसनले दिएको सामान

चैत १९, काठमाडौं । ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले कोरोनाविरुद्ध लड्न नेपाललाई प्रदान गरिएको आवश्यक चिकित्सा सामग्रीको पहिलो ट्रिप काठमाडौं आइपुगेको छ । संस्थाले नेपालका लागि सहयोगस्वरूप प्रदान गरेको मास्क काठमाडौं आइपुगेको हो ।   

उक्त मास्क स्वास्थ्य र जनसंख्या मन्त्रालयले आवश्यकताअनुसार देशभर वितरण गर्ने संस्थाले जनाएको छ । पहिलो चरणमा मास्क मात्र पठाएको र यो ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनद्वारा दान गरिएको आवश्यक मेडिकल सामग्रीको एक हिस्सा भएको जनाइएको छ ।   

फाउन्डेसनका अनुसार नेपाललाई गरेको अनुदानमा रहेका मास्क र टेस्ट किटहरू दुईवटा ढुवानीमा विभाजन गरिएको थियो । मास्कसहित पहिलो ढुवानी सरकारलाई हस्तान्तरण गरिएको र दोस्रो किट चाँडै नेपाल आइपुग्ने जनाइएको समाचार नयाँ पत्रिकामा छ । 

ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले सामूहिक रूपमा एसियाका १० राष्ट्रलाई कुल १८ लाख मास्क, २ लाख १० हजार परीक्षण किट, ३६ हजार सुरक्षात्मक कपडाका साथै भेन्टिलेटर र निधार थर्मोमिटरजस्ता अत्यावश्यक चिकित्सा उपकरण सहयोग गर्ने जनाएका थिए ।   

अनुदानले नेपाललाई कोभिड-१९ को फैलावट नियन्त्रण गर्न मद्दत पु‍(याउँछ। विश्व समुदायलाई कोरोनाविरुद्ध लड्ने कार्यमा सहयोग पु‍(याउन सक्दो प्रयास गरिरहेको ज्याक मा फाउन्डेसनले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *