कोरोना विरुद्ध लड्न शाओमीको खुल्ला पत्र, असहायलाई लाखौं बराबरको खाद्यान्न वितरण

चैत्र २९ काठमाडौं । शाओमी नेपालले कोराना भाइरस (कोभिड १९) विरुद्ध लड्न देशभर रहेका कोरोना पीडितहरुलाई  लाखौं रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेको छ ।   

विश्वव्यवपी माहामारीको रुपमा संसारलाई दुःख दिइरहेको कोरोना भाइरसबाट नेपालमा दुःखि, असहाय, गरिबहरुलाई पर्न गएको पीडा र कोरोना रोगबाट बच्न बचाउन शाओमी नेपालले देशभर खाद्यान्न वितरण गरिरहेको छ ।   

यस्तै शाओमी नेपालले कोरोनाबाट बच्न र बचाउन सबैलाई आग्रह गरेको छ । पत्रमार्फत शाओमी नेपालमा आवद्ध सबैलाई कोरोनाबाट पीडितहरुलाई सघाउन एकजुट हुनु पर्ने भन्दै खुल्ला पत्र लेखेको छ । 

   

यस्तो छ शाओमी नेपालको खुला पत्र 

प्रिय मी फ्यानहरु, 

मलाई आशा छ कि सबैजना घर भित्र र सुरक्षित हुनुहुन्छ । यी असाधारण समयमा तपाईंहरुको भलाई सबैभन्दा महत्वपूर्ण कुरा हो । सेल्फआइसोलेसनमा बसेर लकडाउनलाई कर्मठतापूर्वक अवलोकन गर्न निकै जरुरी छ । यस परीक्षणको समयमा हामी सबै राष्ट्रको रक्षाका लागि एकजुट हुनु आवश्यक छ । यो विश्वव्यापी संकट हो र हामी सबै एकता र इमानदारीतापूर्वक यसबाट बाहिर निस्किन सक्छौं । 

नेपालमा शाओमीले देशभर दैनिक ज्याला मजदुर, अनाथ र वृद्धाश्रमलाई योगदान गर्ने प्रतिज्ञा सहित लाखौं बराबरका खाद्यान्न र आवश्यक सामग्रीहरु वितरण गरेका छौं । 

समस्याको समयमा एकता चम्किन्छ । हामी शाओमी परिवारका मी फ्यानहरु, पार्टनर र कर्मचारीहरुलाई आफुले गर्न सम्भव हरेक तरिकाले सहयोग गर्न अनुरोध गर्दछौं । हामीलाई सुरक्षित राख्ने नायकहरुलाई पनि आभार प्रकट गर्दछौं । 

दृढ रहनुहोस्, सुरक्षित रहनुहोस् र यो मुस्किल समयको सामना गर्न आफुले सक्ने सहयोग गर्नुहोस् । घरभित्र बस्नुहोस्, सुरक्षित रहनुहोस् । 

तपाईंहरुको, 

सौरभ कोठारी 

शाओमी नेपाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *