डाक्टरमाथि कुटपिट प्रकरणमा अनुसन्धान गर्न समिति गठन

वैशाख ४, काठमाडौं। त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरमाथि प्रहरीले कुटपिट गरेको प्रकरणमा छानविन गर्न समिति गठन भएको छ। महानगरीय प्रहरी कार्यालय मेट्रोले एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो।   

समितिमा अपराध महाशाखाका एसपी मुकेश सिंह र परिसर काठमाडौंका डीएपी होबिन्द्र बोगटी सदस्य छन्। महाराजगन्ज प्रहरी वृत्तका डिएसपी उमेश लम्सालसहितका प्रहरी अधिकारीले बुधबार राति डाक्टरहरूमाथि कुटपिट गरेको आरोप छ। 

‘डाक्टरलाई कुटेको भन्ने कुरा आएको छ। के हो भनेर बुझ्न तीन सदस्यीय छानविन समिति गठन भएको छ,’ डिआइजी विश्वराज पोखरलले भने,’ प्रतिवेदनपछि कस्तो कारबाही गर्ने भन्ने थाहा हुन्छ।’  समितिले घटनाको अध्ययन गरी प्रतिवेदन बुझाउने र प्रतिवेदनका आधारमा के गर्ने भन्नेबारे निर्णय हुने रानीपोखरीका डीआईजी पोखरेलले जानकारी दिए।   

कोरोना भाइरस नियन्त्रण गर्न ...

ड्युटी सकेर फर्किरहेका चिकित्सक शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहमाथि प्रहरीले कुटपिट गरेको आरोप छ। चिकित्सक कुटिएको विषयमा चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले दोषी प्रहरीलाई कारवाही गर्न माग गरेको छ। 

बिहीबार विज्ञप्ति जारी गर्दै संघले परिचयपत्र देखाउँदादेखाउँदै पनि प्रहरीबाट चिकित्सक कुटिनु अक्षम्य भएको जनाएको छ। जारी विज्ञप्तिमा संघले काम सकेर कोठा फर्किने क्रममा कान्ति बाल अस्पतालको ओरालोमा चिकित्सकहरूलाई कुटिएको बताएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *