प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा ११ करोड रुपैयाँभन्दा बढी रकम जम्मा

चैत्र १९, विराटनगर । कोरोना जनसुरक्षा कोषमा ११ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ । कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको सो कोषमा बुधबारसम्ममा ११ करोड रुपैयाँभन्दा बढी जम्मा भएको हो ।  

उक्त कोषमा प्रदेश सरकारले १० करोड रुपैयाँ जम्मा गरेको छ भने सामाजिक संघसंस्था, बैंक, वित्तिय संस्था र व्यक्तिहरुले १ करोड १४ हजार रुपैयाँ जम्मा गरेका छन् । 

कोषमा सिद्धार्थ बैङ्कले १० लाख, सिटिजन्स बैङ्क इन्टरनेशनलले ७ लाख, कृषि विकास बैङ्क लिमिटेडले ५ लाख, नेपाल बैङ्क लिमिटेडले ५ लाख, ट्रान्स नेपाल फ्राइट सर्भिसेजले ५ लाख रुपैयाँ जम्मा गरेको छ । यसैगरी एसआइडीविएलबाट २ लाख २ हजार, प्रदेश लेखा नियन्त्रण कार्यालयका कर्मचारीहरुबाट २० हजार र रामचन्द्र प्रसादबाट २० हजार रुपैयाँ जम्मा भएको छ । 

मुख्यमन्त्रीको सम्पर्क कार्यालय ...

कोषमा मन्त्रिपरिषद्का सदस्यहरु र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् । त्यस्तै प्रदेशसभाका सभामुख र उपसभामुखले १ लाख २१ हजार, प्रदेशसभा सदस्यहरुले २२ लाख ३० हजार, राउत कन्ट्रक्सन सर्भिसले ११ लाख, हुलास वायरले ११ लाख, अरिहन्त मल्टिफाइवरले ११ लाख, रघुपति जुटमिलले १० लाख रुपैयाँ जम्मा गरेका छन् । 

कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनरको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा रकम जम्मा गर्न तथा फोनपेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *