थाइल्यान्ड बहिरा तेक्वान्दो संघका सल्लाहकारमा खड्का

चैत २९, काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का थाइल्यान्ड तेक्वान्दो संघअन्तर्गत थाइल्यान्ड बहिरा तेक्वान्दो संघको सल्लाहकारमा चयन भएका छन् । 

सल्लाहकारमा चयन भएसँगै खड्काले संघले सञ्चालन गर्ने विभिन्न गतिविधिमा आफ्नो राय, सुझाव दिन पाउने छन् । खड्का ग्योरोगी, पुम्से र पाराका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।   

खड्काले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै आफ्नो क्षमता प्रमाणित गर्ने अवसरका रुपमा लिएको बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fifteen =