खैरहनी नगरपालिकाको राहत कोषमा नेकपा वडा कमिटिको ३२ हजार सहयोग

चैत २७, चितवन ।  नेकपा खैरहनी वडा नम्वर ६ वडा कमिटिले खैरहनी नगरपालिकाको विपद् राहत कोषमा ३२ हजार रुपैयाँ सहयोग गरेको छ । नेकपा खैरहनी वडा नम्वर ६ वडा कमिटिले बिहीबार ३२ हजार २७० रुपैयाँ सहयोग गरेको हो ।  

बिहीबार नै विभिन्न तीन वटा संस्थाहरुबाट २ लाख ५० हजार रुपैयाँ सहयोग भएको थियो । कडा कमिटी अध्यक्ष अशोक ढकालको नेतृत्वमा कमिटिका सचिव र सदस्यहरुको संयुक्त टोलीले खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीलाई नगद रकम हस्तान्तरण गरेका थिए । 

विपदका बेला प्रदान गरिएको रकम सानो भएपनि सहकार्य गर्ने वडा कमिटिको निर्णय अनुसार सो सहयोग गरिएको वडा कमिटि अध्यक्ष ढकालले बताए । नगर प्रमुख चौधरीले नगरपालिकासँग सहकार्य गरेकामा वडा कमिटिलाई धन्यवाद दिँदै रकमको सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।  

खैरहनी नगरपालिकाले लकडाउनपछि एकद्धार प्रणाली अपनाउनका लागि स्थापना गरेको विपद् राहत कोषमा करिब ४ लाखभन्दा बढी रकम संकलन भइसकेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *