चीनमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएन !

चैत्र २५, काठमाडौं । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सोमबार कोरोना भाइरस संक्रमणबाट त्यहाँ एक जनाको पनि मृत्यु भएको छैन ।  

सोमबार कोरोना संक्रमणको केश मात्रै ३२ देखियो । यो पहिलो पटक हो, जब चीनमा कोरोना भाइरस संक्रमित कसैको मृत्यु भएन ।  

चीनमा अहिलेसम्म ८१ हजार ७४० जना कोरोना भाइरस संक्रमित भएका छन् भने ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ कोरोना संक्रमणबाट ।  

भनिन्छ कि हुबेई प्रान्तमा अहिले जनजीवन सामान्य हुँदै गइरहेको बीबीसीले उल्लेख गरेकाे छ । गएको डिसेम्बरमा सोही प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको संक्रमण फैलिएको थियो । यो चीनको मात्रै नभई विश्वभरको पहिलो केश थियो ।  

हुबेई प्रान्तमा तीन महिनासम्म लकडाउन गरियो, अहिले भने विस्तारै खुकुलो हुँदैछ ।  

कोरोना संक्रमणबाट विश्वभर ७४ हजरा बढीको मृत्यु भइसकेको छ भने १३ लाख बढी संक्रमित भएका छन् । कोभिड १९ को संक्रमण विश्वका २ सय ९ देश तथा क्षेत्रमा पुगेको छ ।  

दुई युरोपेली देश इटाली र स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या घट्न थालेको भने भने पछिल्ला दिन अमेरिकामा कोरोना संक्रमणबाट दैनिक एक हजारभन्दा बढीले ज्यान गुमाउँदै आएका छन् ।  

सोमबार मात्रै त्यहाँ कोरोना संक्रमणबाट १ हजार २ सय ५५ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या करिब ११ हजार पुगेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *