‘लकडाउन’को बेला जुवा तास खेल्ने ८ जना पक्राउ

वैशाख ३, धरान। धरानमा लकडाउनको बेला जुवा तास खेली भिडभाड गर्ने एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धरान १६ वृहस्पति मार्गस्थित एक घरमा जुवा तास खेलिरहेका ८ जनाको समूहलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पाँच महिला र तीन पुरुष रहेको प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए। उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनीहरूलाई जुटपत्ती खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। स्थानीयका अनुसार उक्त घरमा पहिला देखि नै जुवा तास खेलिरहेको दाबी गरे। सोही सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालयका अनुसार उनीहरू ठूलो खाल नभई सामान्यरूपमा तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन। उनीहरूलाई एक रात राखेर निर्णय लिइने जनाइएको छ।








