कालिकोटका पराजित उम्मेद्वारले दिए जनतालाई माक्स

बैशाख २, कालिकोट । नेपाली कांग्रेस कालिकोटका महासमिति सदस्य तथा नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रंग शाहीले कालिकोटमा माक्स बितरण गरेका छन् । २०७४ सालको प्रतिनिधि सभा निर्बाचनमा कालिकोटबाट पराजित उम्मेद्वार शाहीले कोरोना भाईरसको महामारीका बेला गृह जिल्लाका स्थानिय नागरिकहरुलाई माक्स बितरण गरेका हुन् ।   

शाहीले जिल्लाबासीहरुलाई कोरोनाको संक्रमणबाट बच्नका लागि सचेतना जगाउँदै माक्स बितरण गर्ने अभियान थालेको बताए । उनले सोमबार जिल्ला सदरमुकाम मान्म बजारको प्रतिमा चौकबाट माक्स बितरण अभियान सुरु गरिएको बताए । पहिलो चरणमा उनले एक हजार माक्स बितरण गरेका छन् ।   

कालिकोट बजारमा माक्सको अभाव छ । तर पनि माक्स खरीद गरी गाँउ गाँउसम्म बितरण गर्ने तयारीगरेका छन् । २०७० र २०७४ सालमा भएको संविधान सभा र प्रतिनिधि सभा निर्बाचनमा पराजित शाहीले सांसद भएर लोगो लगाउन नपाए पनि जनताको अपार मायाले  सधै कालिकोटको विकास र समृद्धिको अभियानमा लागि रहने बताए।   

कार्यक्रममा नेपाली कांग्रेस कालिकोटका सभापति हर्स बम र सहसचिव दमनबहादुर शाहीले कोरोना भाईरसको जोखिम न्यूनिकरण गर्न गाउँ गाउँमा कार्यकर्ता खटाईएको जानकारी दिए ।   

उनका अनुसार नेपाली कांग्रेसले सरकारले गरेका कामहरुमा साथ दिँदै जनताको जिउ धनको रक्षाका लागि सबै भातृ संस्थाहरु, पार्टीका नेता तथा कार्यकर्ताहरुलाई खटाएको छ । गाँउवासीहरुलाई एक ठाँउबाट अर्को ठाँउमा नजान, भीड, भेला तथा अन्य कार्यक्रमहरु नगर्न, दैनिक साबुन पानीको प्रयोग गर्न, घरायसी सरसफाईका साथै सुरक्षित ठाँउमा बस्नका लागि सबैलाई अपिल गरेको छ ।   

कार्यक्रममा नेपाल बिद्यार्थी संघका कार्यबाहक अध्यक्ष जगतजंग बिष्टले कोरोनाबाट जनतालाई जोगाउन सचेतनामुलक अभियान सुरु गर्ने बताए ।  

यसैगरी सरकारले लकडाउन बैशाख १५ गतेसम्म गर्ने निर्णय गरेसँगै सरकार आराम गरेर नबसि नागरिक लाइ राहत पनि थप गर्ने निर्णय गर्नु पर्ने नेता शाहीले बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =