क्विकर फुडले सुरु गर्यो होम डेलिभरी, अब सबै खाद्य समाग्री घरमै आइपुग्ने

चैत्र २७, विराटनगर । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले गरेको लकडाउनमा सहयोग पुर्याउन क्विकर फूडले होम डेलिभरी सुरु गरेको छ । मुलुकको अवस्था साथै ग्राहकको समस्यालाई मध्यनजर गर्दै क्विकर फुडले आज (बिहिबार) देखि खाद्यान्न होम डेलिभरी सुरुवात गरेको हो ।
क्विकरले अतिआवश्यक दैनिक उपभोग्य वस्तु ताजा तरकारी, फलफूल, चामल, नब्ज, पीठो, चिनी, नुनका साथै मासु, दुग्घजन्य वस्तुलगायत समाग्री ग्राहकका घर आँगनै पुर्याइदिने भएको छ ।
खाद्यान्न डेलिभरीगर्दा आम जनताको स्वास्थ्य हितका लागि सुरक्षा अपनाएर गरिने छ । ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गरेर घरमा नै सुरक्षित रहनका लागि यो प्रविधि क्विकर फुडले अपनाएको हो । खाद्यन्न डेलिभरी सेवा विराटनगर महानगरपालिकाभरी मात्र रहने व्किकर फुडका संचालक सरोज लम्सालले जानकारी दिए ।

मुलुक यो समय लकडाउनको अवस्थामा गज्रिरहेको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरेर सरकारले चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेसँगै यति बेला आम सर्वसाधरणको दैनिक जिउने जिवनशैली कष्ट बन्दै गएको छ ।








