सनसिटीमा बस्ने तीन मध्ये एक जनामा कोरोना देखिएनः स्वास्थ्य मन्त्रालय

वैशाख १, काठमाडौं। पेप्सीकोलास्थित सनसिटीमा रहेका दुई जनालाई कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले केहीबेरअघि यसबारेमा जानकारी गराएको हो। मन्त्रालयको फेसबुक पेजमा आमा र छोरामा कोरोना पोजेटिभ देखिएको उल्लेख छ।  

बुहारीको भने फेरि रिपोर्ट जाँच गरिँदैछ। कोरोना संक्रमित आमा ८१ वर्ष  र छोरा ५७ वर्षका रहेको बताइएको छ। यसअघि सोमबार र्‍यापिड टेस्टमा तीन जनामा कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरेर पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। 

स्वास्थ्य मन्त्रायलले भनेको छ, ‘पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका तीनजना कोभिड १९ को शंस्कास्पदहरुको वैशाख १ गते आरडिटी विधिबाट परीक्षण गर्दा दुईजनाको पोजेटिभ देखिएकाले पीसीआरबाट थप परीक्षण गर्दासमेत पोजेटिभ रिपोर्ट देखिएको छ भने बाँकी एकजनाको पोजेटिभ देखिएन।’ 

उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरुको परीक्षण आजैबाट सुरु गरिएको छ भने कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ सुरु भएको छ। संक्रमित उनीहरु बेलायतबाट चैत ५ गते नेपाल फर्केका बताइएको छ। उनीहरु बेलायतबाट फर्किएपछि सनसिटी अपार्टमेन्टमा बसोबास गर्दै आएका छन्। 

अपार्टमेन्टमा बस्ने २ जनामा संक्रमण पुष्टि भएपछि प्रहरीले सो अपार्टमेन्टमा बस्ने सबैको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयले बताएकाे छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =