कोरोना आशंकामा आइसोलेसनमा उपचाररत सिन्धुपाल्चोकका चारैजनाको रिपोर्ट नेगेटिभ
२०७६ चैत २६ गते

चैत्र २६, काठमाडौं । कोरोना आशंकामा प्राथमिक स्वास्थ केन्द्र बाह्रबीसे र जिल्ला अस्पताल चौतारामा आइसोलेसनमा उपचाररत चारैजना बिरामीको रिपोर्ट नेगेटिभ आएको छ ।
उनीहरुको स्वाब परीक्षणपछि आज प्राप्त रिपोर्ट सार्वजनिक गर्दै जिल्ला अस्पताल चौतारा र प्राथमिक स्वास्थ केन्द्र वाह्रबीसेले उनीहरुमा कोरोना नदेखिएको पुष्टि गरेको हो ।
विदेशबाट फर्किएकी बाह्रबीसे–७ की रेणु विक, सुष्मा विक र बाह्रबीसे–३ का रोशन शेर्पा कोरोना संक्रमणको आशंकामा प्राथमिक स्वास्थ केन्द्र बाह्रबीसेको आइसोलेसनमा उपचारत थिए ।

त्यस्तै लिसङ्खुपाखर–७ की सुनमाया तामाङ पनि कोरोना संक्रमणको आशंकामा चौतारा अस्पतालको आइसोलेसनमा थिइन्। उनीहरु कसैमा पनि कोरोना संक्रमण नभएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए।
२०७६ चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित








