नवलपरासी : सुस्ता गाउँपालिकाले १२३५ अति विपन्न घरधुरीमा राहत वितरण गर्दै

चैत्र २१, नवलपरासी । कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन गरिएको लकडाउनको अवधि बढाइएसँगै विपन्न वर्ग र दैनिक ज्यालादारीमा काम गरेर जीविकोपार्जन गर्नेहरु समस्यामा परेका छन् । उनीहरुलाई लक्षित गरी प्रदेश ५ का कतिपय स्थानीय तहहरुले राहत सामग्री वितरण गर्न सुरु गरेका छन् । त्यस्तै पाण्डेले पालिकाको वडा नं २ मा रहेको मुसहर बस्तीलाई नमुना बनाउन गाउँपालिका लागिपरेको जनाए । 

नवलपरासी पश्चिम  जिल्लामा यसरी विपन्नका लागि राहत सामग्री वितरण गर्न थालिएको हो। सुस्ता गाउँ पालिकाले राहत वितरण सहज बनाउन ऐनले दिएको अधिकार प्रयोग गर्दै सुस्ता गाउँपालिका स्थानीय तह आकस्मिक कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७६’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। सुस्ता गाउँपालिकाको वडा नं १ मा १९५, वडा २ मा २४०, ३ मा २५०, ४ मा २०० र वडा नं ५ मा ३५० गरि जम्मा १२ सय पैतिस अति विपन्न घरधुरीमा खद्दान वितरण गर्दैछ ।   

पाच जना रहेको लाई ५ केजी चामल, एक केजी दाल र आधा लिटर तेल उपलब्ध गराएको छ भने ६ देखि १० जना रहेको परिवारमा दोब्बर त्यस्तै दस भन्दा बढि परिवार संख्यामा तेब्बरका दरले खद्दान वितरण गरेको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । रबिन्द्र यादव   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =