कोरोनाबाट सोमालियाका पूर्वप्रधानमन्त्रीको निधन

चैत्र २०, काठमाडौं। विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण (कोभि-१९) बाट सोमालिया पूर्वप्रधानमन्त्रीको निधन भएको छ।  पूर्वप्रधानमन्त्री नूर हसन हुसेनको कोभिड-१९ बाट मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। 

कोभिड-१९ देखिएपछि हुसेन बेलायतको ‘लन्डन अस्पताल’मा भर्ना भएका थिए। कोभिड-१९ देखिएको पाँच दिनपछि उनको मृत्यु भएको हो। उनी अहिले ८३ वर्षका थिए।  सोमालियामा सन् २००७ को नोभेम्वरदेखि २००९ को फेव्रुअरीसम्म उनी प्रधानमन्त्री थिए।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =