आज वैशाख १ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग

वि.सं. वैशाख ०१, २०७७ । ई.सं. 13 April, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० चौलागा । प्रमादी उत्तरायण वसन्त । सोमवार वैशाख कृष्णपक्ष । तिथि षष्ठी , २१:५२ बजे उप्रान्त सप्तमी । नक्षत्र मूल, २४:१९ बजे उप्रान्त पूर्वाषाढा । योग परिघ, २४:१३ बजे उप्रान्त शिव । करण गर १०:२० बजेदेखि वणिज, २१:५२ बजे उप्रान्त वालव । चन्द्रराशि धनु । आनन्दादि योग लुम्ब । दिनमान ३१।४९ । सूर्योदय ०५:४३ । सूर्यास्त १८:२७ । नववर्ष वि.सं. २०७७ प्रारम्भ। वैशाख संक्रान्ति। मेष राशिमा सूर्य २२:४८ बजे प्रवेश। भक्तपुरमा विश्वध्वज पातन। टोखास्थित सपनतीर्थमा स्नान। खायुसन्हु। काठमाडौंको चम्पादेवीमा मेला।

राशिफल

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धर्म र आस्था बढ्नेछ । सांगीतिक तथा सामाजिक कार्यमा मन जानेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक यात्रा र प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आँटेको र ताकेको कार्यको योजना बन्न सक्छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पारिवारिक समस्यापनि हराएर जानेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आस्था र विस्वास बढ्ने योग रहेको छ । घर परिवार र बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । सामान हराउनपनि सक्छ । चोटपटकको भयछ, सचेत रहनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्ने । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । साहित्यिक क्षेत्रमा रुचीपनि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वादिष्ट र स्वइच्छाको परिकार खान पाईनेछ । आफ्नो कार्याबाट आत्मिक संतुष्टि मिल्नेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो दैनिकी कार्यमा व्यवधान आउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मनपनि कमजोर रहन सक्छ, धैर्य राख्न जरूरी छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक कार्यको योगछ । सामाजिक कार्यमा सफलतापनि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अरुको उपकरमा मन जानेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 1 =