भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवाली नियुक्त

वैशाख ३, चितवन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य चर्चित नेता देवी ज्ञवाली भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा नियुक्त भएका छन्। नेपाल सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई उक्त जिम्मेवारी दिएको हो।
नेता ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधानको लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए। आफू एक्लैले भन्दा पनि सबैको साथ र सहयोगले मात्र वर्षौँदेखिको समस्या समाधान गर्न आफू सक्षम हुने प्रतिक्रिया दिए।
सुकुम्वासी समस्या समाधानको विषयमा प्रशिक्षण तथा योजनासमेत दिन सक्ने नेताका रूपमा रहेका ज्ञवाली तत्कालीन नेकपा एमालेको जिल्ला प्रमुख, भरतपुर नगरपालिकाको उपप्रमुखको जिम्मेवारी पूरा गरिसकेका छन्।

स्थानीय पालिकाको निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुखमा प्रतिस्पर्धा गर्दा उनको चर्चा देशभरि चुलिएको थियो। थोरै मतका कारण उनी तत्कालीन माओवादीकी उम्मेदवार रेनु दाहालसँग पराजित भएका थिए।








