गगन थापाको प्रश्नः कोरोनासँग जुध्ने चैत्र २५ पछिको रणनीति के छ सरकार ?

चैत्र २०, काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गगन थापाले स्वास्थ्य सामग्री खरिद अनियमितताका वास्तविक दोषी दण्डित नभएसम्म निरन्तर प्रश्न उठाउन आग्रह गरेका छन्।   

सामाजिक सञ्जाल ट्विटरमा उनले महासंकटको बेला पनि स्वास्थ्य सामग्री खरिदमा घिनलाग्दोफ कृत्य भएकोले प्रश्न उठाउन आवश्यक रहेको बताए। ‘महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य ! स्वास्थ्य सामाग्री खरिद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाछौं,’ उनले ट्विटरमा भनेका छन्।   

अनियमितताका बारेमा दिन ढल्यो कुरा विर्सियो गर्न नहुने पनि उनले बताए। ‘दिन ढल्यो, कुरा विर्सियो हुन हामी कदापि दिने छैनौं,’ उनले भनेका छन्। सरकारले हालै चीनबाट स्वास्थ्य सामग्री खरिद गर्न अनियमितता भएको खबरहरू आइरहेका छन्। 

साथै चैत २५ गतेपछि कोरोनासँग जुध्ने रणनीति के हुन्छ भन्ने उनले प्रश्न गरेका छन्। ‘सरकार, चैत २५ पछिको हाम्रो रणनीति र योजना के छ?,’ उनले सोधेका छन्। सरकारले चैत २५ सम्म लकडाउन जारी राख्ने यसअघि नै घोषणा गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 8 =