राप्तीमा पनि एक जनामा आरडिटी पोजेटिभ
२०७७ वैशाख ३ गते

वैशाख ३,चितवन । चितवनमा थप एक जनामा र्यापिट टेष्ट पोजेटिभ देखिएको छ । राप्ती नगरपालिका ८ की एक महिलाको र्याटिप टेष्ट गर्दा एन्टिबडी रियाक्टिभ देखिएको हो ।
चैत पाँच गते लण्डनबाट नेपाल आएकी ति महिलामा गरिएको परीक्षणमा आरडिटी पोजेटिभ आएको राप्ती नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले बताए ।
बुधवार २९ जनाको परीक्षण गरिएकोमा २८ जनाको भने नेगेटिभ आएको छ । रियाक्टिभ देखिएकी महिलालाई थप परीक्षणका लागि कोराना अस्पताल भरतपुर पठाईएको छ ।

ति महिलासंगै नेपाल आएका दुई छोरामा नन रियाक्टिभ देखिएपनि उनीहरुलाई पनि परीक्षणका लागि भरतपुर लगिएको छ । यसअघि बुधवारनै रत्ननगरमा एक पुरुषमा आरडिटी पोजेटिभ देखिएको थियो ।
२०७७ वैशाख ३ गते
प्रतिक्रिया
सम्बन्धित










