आइसोलेसनबाट भागेका एक व्यक्तिको स्वाब परीक्षणमा पठाइयो

चैत्र २७, खोटाङ। आइसोलेसन वार्डबाट भागेका खोटाङका एक पुरषको स्वाब परीक्षणका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। कोरोना भाइरस संक्रमणको आशंकामा काँकडभिट्टाबाट घर फर्कनेक्रममा ती पुरुषलाई चैत १२ गतेदेखि कटारी आइसोलेसनमा राखिएको थियो।  

उनी त्यहाँबाट चैत्र १४ गते भागेका थिए। उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँका नेपाली थरका ३९ वर्षीय ती पुरुष पछि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा फेला परेका थिए। चैत २३ गतेदेखि उनलाई फेरि स्वास्थ्य चौकी दुर्छिमको क्वारेन्टाइनमा राखिएको छ।   

उनको स्वाब परीक्षणका लागि बिहीबार विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए। स्वाब परीक्षणको रिपोर्ट केही दिनमा आउने बताइएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =