आज असिना पानीको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

चैत २०, काठमाडौं । हाल देशमा स्थानीय वायुको प्रभाव कायम रहेकाले मौसम बदली भएको छ ।   

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा  आँशिक बदली रहने छ भने  दिउँसो केहि स्थापनमा हावाहुरी तथा असिनासहित वर्षाको सम्भावना रहेको छ ।   

यस्तो छ तीन दिनको पूर्वानुमान :- 

null

चैत्र २० गते (बिहीबार) 

दिउँसोः देशका पहाडी भू-भागमा आँशिक बदली रही अपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ, हावाहुरी तथा असिना सहित वर्षाको सम्भावना रहेको छ । बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।    

रातीः देशका पहाडी भू-भागमा आँशिक बदली रही पहाडी  भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको छ । 

चैत्र २१ गते (शुक्रबार) 

दिउँसोः देशका पहाडी भू-भागमा  आँशिक बदली रही एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको छ तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।   

रातीः  देशभर सामान्यतया मौसम सफा रहने देखिन्छ ।   

चैत्र २२ गते (शनिबार) 

दिउँसोः देशका पहाडी भू-भागमा  अपरान्हतिर आँशिक बदली भई एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ तथा असिना सहित वर्षाको सम्भावना तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।   

रातीः देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 18 =