कोरोना प्रकोपका बिच बिरामीको सेवा गरिरहेकी छिन् ८ महिनाकी गर्भवती स्वास्थ्यकर्मी

वैशाख ९, नयाँदिल्ली । विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ यतिबेला । पर्याप्त सुरक्षा सामग्री नहुँदाका बाबजुद पनि विश्वभरका स्वास्थ्यकर्मीहरु नागरिकलाई बचाउन संघर्ष गरिरहेका छन्, आ–आफ्नो देशमा ।  

यस्तैगरी चिकित्सा क्षेत्रमा खटिएकी छिन् एक गर्भवती चिकित्सक । भारतको छत्तीसगढस्थित  कोम्डागाउँ जिल्लाको केरावही गाउँको एक अस्पतालमा अन्य मेडिकल स्टाफ सरह ड्युटीमा खटिएकी हुन्, ८ महिनाकी गर्भवती सन्तोष मणिकपुरी । आफ्नो काममा आफू खुशी रहेको उनले बताएकाे दैनिक जागरणले उल्लेख गरेकाे छ ।   

उनले भनिन्– ‘मलाई आफ्नो काम गर्न खुशी लागिरहेको छ र मलाई यस समय देशको सेवा गने मौका मिलेको छ । यो गर्वको कुरा हो कि हामी मानिसहरुको सेवा गरिरहेका छौँ । मेरो यो काममा परिवार र श्रीमानको पूर्ण समर्थन छ । उहाँहरुले मलाई काममा प्रोत्साहन गरिरहनु भएको छ ।’ 

Chhattisgarh: कोरोना के प्रकोप के बीच 8 महीने की गर्भवती स्वास्थ्य कर्मी कर रही लोगों की सेवा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =