कोरोना भाइरसः सनसिटी अपार्टमेन्टमा सुरु भयो र्‍यापिड टेस्ट

वैशाख ३, काठमाडौं । एकै परिवारका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएसँगै सनसिटी अपार्टमेन्टमा आज (बुधबार) देखि परीक्षण सुरु गरिएको छ । 

काठमाडौँको काँडाघारीस्थित पेप्सिकोलामा रहेको सनसिटी अपार्टमेन्टका बासिन्दाहरुको र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु गरिएको हो ।  

अपार्टमेन्टको ब्लक ए मा रहेकाहरुको बुधबार बिहानदेखि र्‍यापिड किट टेस्ट सुरु भएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए । 

अपार्टमेन्टमा संक्रमित भनिएकाहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये दुई जना (छोरा र आमा) को रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एक (बुहारी) को भने नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सनसिटीमा पाँचवटा विल्डिङ छन् । यी सबै ब्लकमा गरेर करिब पाँच सय परिवारका झण्डै दुई हजार मानिसको बसोबास छ। अहिले कोरोना संक्रमण देखिएको परिवार ‘ए’ बिल्डिङमा बस्दै आएका थिए । र्‍यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =