चीनमा फेरि बढे कोरोना संक्रमित बिरामी

चैत्र १, काठमाडौं। चीनमा पछिल्लो साता कोरोना भाइरस (कोभिड-१९)का संक्रमित बिरामी बढेका छन्। चीनमा कोरोनाका १ सय ८ जना नयाँ संक्रमित पाइएका हुनर। जुन पाँच साताभन्दा लामो समयपछिको उच्च सङ्ख्या हो। 

ती मध्ये धेरैजसो विदेशबाट फर्किएका चिनियाँ नागरिकहरू रहेको बताइएको छ। आधाभन्दा बढी मानिसहरू रुससँग सीमा जोडिएको उत्तरी प्रान्त खेलुङजियाङका रहेका छन्। भाइरस सुरुमा देखापरेको हुबे प्रान्तमा नयाँ संक्रमितको सङ्ख्या एकदमै कम रहेको छ तर त्यहाँ थप दुईजनाको मृत्यु भएको छ। 

अहिलेसम्म विश्वभर १८ लाख मानिसहरू कोरोनाभाइरसबाट संक्रमित भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। चीनभर अहिलेसम्म ८३ हजार १३५ जना सङ्क्रमित छन् भने सबैभन्दा बढी मानिस सङ्क्रमित रहेको अमेरिकामा त्यो सङ्ख्या पाँच लाख ५७ हजार नाघिसकेको छ। 

न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले न्यूयोर्कमा मृत्यु हुनेको सङ्ख्या धेरै भए पनि अस्पतालमा भर्ना हुन आउने मानिसको दर घटेको बताए। अमेरिकामा कोरोनाभाइरसका कारण २२ हजार मानिसको मृत्यु भइसकेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twelve =