वीपीमा एक सय बेडको आइसोलेसन बन्दै, शुक्रबारसम्म हस्तान्तरण हुने

वैशाख ७, सुनसरी । जिल्लाको धरान–१८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बेडको आइसोलेसन वार्ड अर्थात् कोरोना उपचार केन्द्र धमाधम तयार भइरहेको छ । 

केही दिन अघिमात्र प्रतिष्ठानमा नवनियुक्त भिसी डा. ज्ञानेन्द्र गिरी आएलगतै सो काम सुरु भएको हो । अबको एक साताभित्र सो उपचार केन्द्र सञ्चालनमा ल्याउने प्रतिष्ठानको योजना छ ।  

बैशाख १२ गतेभित्र तयार हुने भनिएको केन्द्रमा स्वास्थ्यकर्मीहरु आवश्यक काममा जुटिसकेका छन् भने भौतिक संरचना पनि धमाधम मर्मत भइरहेको प्रतिष्ठानका सहप्रवक्त्ता डा. अशोक ऐरले जानकारी दिए । आवश्यक सय बेड राख्नलाई पर्याप्त ठाउँ भएको र अपुग भएमा सय बेड भन्दा बढी विस्तार गर्ने ठाउँ समेत रहेको ऐरले बताए ।  

उता प्रतिष्ठानका नर्सिङ इञ्चार्ज स्माईल साहका अनुसार शुक्रबारदेखि हरेक शाखाका कर्मचारीहरु आएर युद्धस्तरमा आईसोलेसनको  काम गरिरहेका छन् । सो आईसोलेसन वार्डमा ३ जना नर्स र २ जना हेल्पर गरी ५ जना राखिएको छ ।  

प्रतिष्ठानमा कोरोना पोजेटिभ कोही बिरामी भेटिए वा जेटिल समस्या भएकाहरुलाई अप्रेशन गर्न सकिने गरी शल्यक्रिया कक्षको पनि निर्माण हुने प्रतिष्ठानका सहप्रवक्ता डा.अशोकको भनाइ छ । उनका अनुसार स्वास्थ्य मन्त्रालयले वर्गीकरण गरेअनुसार वीपीमा लेभल थ्री बिरामीहरुको समेत उपचार गरिनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *