जारभित्र लामखुट्टे, विराटनगरकी उपमेयर निस्किइन् अनुगमनमा

चैत्र २६, विराटनगर । सिल प्याक पानीको जारभित्र लामखुट्टे फेला परेपछि विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले अनुगमन गरेकी छिन् ।   

विराटनगर ५ स्थित जोनसन जल उद्योगले उत्पादन गर्ने गरेको धवन्तरी नीर पिउने पानीमा लामखुट्टे भेटिएपछि उक्त जारसहित अनुगमन टोली लिएर उपमेयर कार्की मंगलबार पानी उद्योग पुगेकी थिईन् । 

अनुगमनको क्रममा तोकिएको मापदण्ड अनुसार उद्योग संचालन नहेको पाईएको उपमेयर कार्कीले बताईन् । उपमेयर कार्कीको अनुसार उद्योगको शौचालयदेखि आधा फिटको दूरीमा पानी टंकी र फिल्टर सिलिन्डर जडान गरिएको र उक्त उद्योगले भने जस्तो रिभर्स ओसमोसिस, अल्ट्रा भोइलेटड प्रकृया पूरा नगरेको भेटियो । 

मोटरबाट तानिएको पानी कुदने पाईपमा धुलो फोहोर जमेको पाइएको र प्रसोधित भनिएको पानी सावधानी नअपनाई नलबाट जारमा भरिने गरेको अनुगमन टोलीले भेटाएका थिए । खाद्य अनुसन्धान शाखाका धिरज राईले कम्पनी नविकरण नगरी संचालन गरेको बताए ।   

उपमेयर कार्कीले संवेदनहिनतालाई कुनै पनि बाहानामा छुट नदिने बताईन । उद्योगबाट एक जार पानी ल्याब टेष्टका लागि नियन्त्रणमा लिइएको उपमेयर कार्कीले बताइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *