नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

चैत्र २५, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो।   

बालुवाटारमा कोरोना भाइरस संक्रमणको जोखिमबीच विशेष सतर्कता अपनाएर बैठक चलिरहेको छ। बैठकमा नेताहरू सामाजिक दूरी कायम गर्दै सहभागी छन्। सचिवालयका सबै सदस्यहरुले मास्क लगाएर बैठकमा सहभागी भइरहेका छ।   

बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारका तर्फबाट कोभिड-१९को विश्वव्यापी संक्रमण, रोकथाम र उपचारको क्रममा चालिएका कदम तथा उपलब्धिबारे बैठकलाई जानकारी गराएका उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए।   

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

लकडाउनपछि पहिलोपटक नेकपाको सचिवालय बैठक बसेको हो। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका सचिवालय सदस्यहरूले बैठकको माग गर्दै आएका थिए। बैठकमा कोभिड-१९ नियन्त्रणका लागि सरकारले गरेका काम र पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुनेछ। सचिवालय बैठकअघि आज बिहान प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nineteen =