चीन : कोरोनाबाट ज्यान गुमाएकाहरुको सम्झनामा ३ मिनेट उभिएर मौनधारण

चैत २२, काठमाडौं । कोरोनाभाइरस महामारी फैलिन थालेको देश चीनमा करोडौँ मानिसहरूले कोभिड–१९ का कारण ज्यान गुमाउने व्यक्तिको सम्झनामा तीन मिनेट मौनधारण गरेका छन् । 

कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरूको सम्झनामा चीनमा देशैभरिका मानिसहरूले रोकिएर आफ्नो शिर झुकाएका छन् । त्यतिबेला साइरन तथा हर्न पनि बजाइएको थियो ।   

चीनमा गत डिसेम्बर महिनामा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता कोभिड–१९ का कारण अहिलेसम्म ३,३०० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ । देशव्यापी मौनधारण कोरोनाभाइरसविरुद्ध सङ्घर्षका क्रममा ज्यान गुमाएका १४ जना स्वास्थ्यकर्मीलाई सम्मान गर्ने अवसर पनि भएको चीनले बताएको छ । 

यसैबीच दिवङ्गत मानिसको सम्झना गरिने चिन्मिङ पर्वका अवसरमा धेरै मानिसहरूले मृत्यु भएका आफ्ना आफन्तजनलाई डिजिटल प्रविधिको प्रयोग गर्दै सम्मान अर्पण गरेका विवरण प्राप्त भएका छन् । 

बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *