अनिश्चितकालका लागि स्थगित भयाे च्याम्पियन्स लिग
२०७६ चैत २१ गते

पेरिस, एजेन्सी । सर्वाधिक लाेकप्रिय च्याम्पियन्स लिग फुटवल र युराेपा लिग अनिश्चित कालका लागि स्थगित भएकाे छ ।
युरोपेली फुटबल महासंघ (यूईएफए) ले युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग अर्को सूचना नआएसम्मका लागि रोकिएको घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमणको महामारीका कारण यूईएफएले यो निर्णय गरेको हो ।
युरोपेली फुटबलको सर्वोच्च संस्थाले राष्ट्रिय टिमका सबै खेल पनि रद्द गरेको छ। त्यसमा युरो २०२० का छनोट पनि छन्। युरो २०२० समेत एक वर्ष पछाडि सार्ने निर्णय भइसकेको छ।
null
यसअघि यूईएफएले पुरुष र महिलाको च्याम्पियन्स लिग तथा युरोपा लिगका फाइनल पछाडि सारिएको थियो। अहिले पूरा युरोपमा लगभग सबै घरेलु फुटबल स्थगितको स्थितिमा रहेको छ।
२०७६ चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित








