वीपी प्रतिष्ठानको कोरोना भाइरस र्यापिड रेस्पोन्स कमिटि पुर्नगठन

बैशाख ३, धरान । कोरोना भाइरस परीक्षण रोकथाम, नियन्त्रण र उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गठन गरेको र्यापिड रेस्पोन्स कमिटि पुर्नगठन गरिएको छ ।
यस अघि प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर शाहको अध्यक्षतामा गठित समितिलाई पुर्नगठन गरी प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको अध्यक्षतामा २३ सदस्यीय कमिटि गठन गरिएको हो ।
नोभल कोरोना भाइरस र्यापिड रेस्पोन्स कमिटिको आज बसेको बैठकले उपकुलपति प्रा.डा. गिरीको अध्यक्षतामा कमिटि पुर्नगठन गरिएको हो । गठित कमिटिको सह–अध्यक्षमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु प्रसाद खनाल रहेका छन् भने, सदस्य सचिवमा अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर शाह रहेका छन् ।

कमिटिको सदस्यहरुमा सहायक अस्पताल निर्देशक डा. विकास शाह, इन्टैनल मेडिसिन विभाग प्रमुख प्रा.डा. संजिवकुमार शर्मा, एनेस्थेसिया विभाग प्रमुख प्रा.डा. विरेन्द्र प्रसाद शाह, जनरल प्राक्टिक्स एण्ड इमरजेन्सी मेडिसिन विभागका प्रमुख प्रा. डा. ज्ञानेन्द्र बहादुर मल्ल, सर्जरी विभाग प्रमुख प्रा.डा. राकेश कुमार गुप्ता, पेड्रियाटिक विभाग प्रमुख प्रा.डा. प्रकाश पौडेल, एनेस्थेसियोलोजी विभागका प्रोफेसर प्रा.डा. कृष्णा पोखरेल, माइक्रोवायोलोजी विभागका प्रमुख डा. नारायणराज भट्टराई, प्रेड्रियाटिक नर्सिङ विभागका एडिसनल प्रोफेसर डा. उपेन्द्र यादव रहेका छन् ।
यसैगरी कम्युनिटी मेडिसिन विभागका एडिसनल प्रोफेसर डा. विजयकुमार खनाल, इएनटी विभागका एशोशिएट प्रोफेसर डा. दिपक पौडेल, पल्मोनरी एण्ड क्रिटिकल केयरका एशोशिएट प्रोफेसर डा. दिब्यराज मिश्र, कलेज अफ डेण्टल सर्जरीका एशोशिएट प्रोफेसर डा. अशोक ऐर, साइक्याट्री विभागका एशोशिएट प्रोफेसर डा. मुधर बस्नेत पनि सदस्य रहेका छन् ।
यसैगरी अन्य सदस्यहरुमा पेड्रियाटिक विभागका एसिस्टेन्ट प्रोफेसर डा. मुकेश भट्ट, इन्र्टनल मेडिसिन विभागका एसिस्टेन्ट प्रोफेसर डा. मनोजकुमार शाह, इन्र्टनल्ली मेडिसिनका एसिस्टेन्ट प्रोफेसर डा. रोशन क्षेत्री, ओरल मेडिसिन एण्ड रेडियोजोलीका एसिस्टेन्ट प्रोफेसर डा. प्रज्ञा रेग्मी, माइक्रोबायोलोजी विभागका एसिस्टेन्ट प्रोफेसर डा. लोक बहादुर श्रेष्ठ तथा अस्पताल प्रशासन महाशाखाका सुपरभाइजर कमला लिम्बु रहेका छन् ।
गत माघ १५ गते गठित कमिटिलाई आज पुर्नगठन गरिएको प्रतिष्ठानले जनाएको छ ।










