स्वास्थ्यमन्त्रालयद्वारा तीन भारतीय नागरिकमा कोरोना देखिएको पुष्टि

चैत्र ३०, काठमाडौं। वीरगञ्जको एक मस्जिदमा रहेका तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ। कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरु अहिले वीरगन्जको नारायणी अस्पतालको आइसुलेसनमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।   

आइतवार दिउसो स्वास्थ्यमन्त्रालयले आफ्नो फेसबुक पेजमा राखेको जानकारीअनुसार वीरगञ्जको छपकैयास्थित मस्जिदमा शङ्कास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा तीमध्ये तीनजनामा कोभिड-१९ भेटिएको हो। उनीहरू ३७, ५५ र ४४ वर्षका पुरुषहरू भएको बताइएको छ। उनीहरूलाई शुक्रवारदेखि वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखिएको बताइएको छ। मन्त्रालयका अनुसार उनीहरूको संसर्गमा आएका तथा उनीहरू गएको स्थान पहिचान गरि परीक्षण गर्ने कार्यहरू भइरहेको छ। 

हेटौँडामा उनीहरुको स्वाब परीक्षण गर्दा कोभिड–१९ संक्रमण भएको रिपोर्ट आएपछि शनिबार राष्ट्रिय प्रयोगशालामा पुनः परीक्षण गराउँदा ३ जनामा संक्रमण रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ। भारतको उत्तर प्रदेशका उनीहरु उनीहरु तीनैजना मुस्लिम धर्मका प्रचारक धार्मिक गुरु हुन्। उनीहरु केहीदिनअघि दिल्लीमा भएको तब्लगी जमातमा सहभागी भई फर्किएको आशंका गरिएको छ।  

स्थानीयका अनुसार उनीहरु ९–१० दिन पहिलादेखि वीरगन्ज–२ छपकैयाको मस्जिदमा बस्दै आएका थिए। रुघा खोकी लागेको भन्दै मस्जिदमा रहेका २४ जनालाई बिहीबार एक स्थानीय नेताले वीरजन्गको नारायणी अस्पताल लिएर गएका थिए। ती मध्ये शंकास्पदको स्वाबको नमूना संकलन गरी हेडौंडा पठाइएकोमा त्यहाँ ३ जनाको पोजेटिभ रिपोर्ट देखिएको अस्पतालका एक चिकित्सकले जानकारी दिएका थिए। त्यसपछि पुःन निश्चित गर्न काठमाडौं पठाएको थियो। 

मन्त्रालयले तीन जनाको रिपोर्ट पोजिटिभ देखिएपछि उनीहरुको सम्पर्कमा रहेका, आफन्त र उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक ट्रेसिङ गरिरहेको जनाएको छ। सो रिपोर्ट आउनासाथ पर्सा प्रहरीले मस्जिदका अध्यक्ष र त्यहाँका धर्मगुरुसहित थप ५ जनालाई समेत क्वारेन्टिनमा राखेको छ। अहिले मस्जिदका २६ जना सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टिनमा छन्। 

यसअघि नेपालमा ९ जनामा मात्र कोरोना संक्रमण देखिएको थियो। एकजना निको भएर डिस्चार्ज भएका छन्।  संक्रमित आठ जनामध्ये चारजना धनगढीस्थित सेती अस्पताल र अन्य चारमध्ये बागलुङमा दुई र टेकुमा दुईजनाको उपचार भइराखेको छ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *