वीपी प्रतिष्ठानले संकलन गरेको १८७ कोरोना परीक्षणमा पोजेटिभ देखिएन

बैशाख २, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालसम्म संकलन गरेको कोरोना स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको छैन । प्रतिष्ठानले हालसम्म संकलन गरेको स्वाब परीक्षणमा कोरोना पोजेटिभ नदेखिएको जनाएको छ ।   

प्रतिष्ठानका सह–प्रवक्ता अशोक ऐरका अनुसार अहिलेसम्म प्रतिष्ठानले १८७ जनाको स्वाब परीक्षण गरेकोमा कुनैमा पनि कोरोना पोजेटिभ नदेखिएको हो ।   

‘हामीले संकलन गरेको जतिपनि स्वाब छ तीनमा कोरोना पोजेटिभ देखिएको छैन । यो हामीले राष्ट्रिय प्रयोगशालामा पठाएको स्वाब र प्रतिष्ठानकै कोरोना ल्याबबाट परीक्षण गर्दाको रिपोर्ट हो ।’ सह–प्रवक्ता डा. ऐरले भने ।   

प्रतिष्ठानले आज चार जनाको नमुना परीक्षण गरेकोमा त्यसको नतिजा पनि नेगेटिभ आएको छ । प्रतिष्ठानमा कोरोना भाइरसको आशंकामा आएका ६४ विरामी मध्ये १९ वटा स्वाबलाई राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाइएको थियो । भने बाँकी ४५ वटा प्रतिष्ठानकै कोरोना ल्याबमा परीक्षण गरिएको थियो ।   

प्रतिष्ठान बाहिर १ र २ नम्बर प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुबाट संकलित १४२ वटा कोरोना नमुना परीक्षण गरेको छ । यसमा २ नम्बर प्रदेशको सप्तरीस्थित शगरमाथा अञ्चल अस्पतालबाट संकलित नमुना समावेश छ । प्रतिष्ठानका सह–प्रवक्ता डा. ऐरका अनुसार प्रतिष्ठानमा कोरोना संक्रमणको आशंकामा आउने विरामीको संख्या घट्दो रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *