धरान उपमहानगरपालिकाले ल्यायो ‘कोभिड-१९ धरान’ मोबाइल एप्लिकेशन

चैत्र २३, धरान । धरान उप महानगरपालिकाले ‘कोभिड-१९ धरान’ नामक मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको छ  । धरानका स्थानीय युवाहरुको समूह कोड आई टी, वि धराने प्रिमियर नेपालको प्राविधिक सहयोगमा उपमहानगरपालिकाले ‘कोभिड-१९ धरान’ नामक एप्लिकेशन सञ्चालनमा ल्याएको हो ।   

यो एप्लिकेशन धरान उपमहानगरपालिकाको वेबसाइटबाट डाउनलोड गरी एन्ड्रोइड मोबाइलमा प्रयोग गर्न सकिने छ । हाल गुगल प्लेस्टोरमा प्राविधिक समस्या रहेकाले वेबसाइट (https://www.dharan.gov.np/?p=2538) बाट डाउनलोड गर्न सकिने उपमहानगरपालिकाले जनाएको छ ।   

एप्समा कोरोना रोगका लक्षणहरु, रोग सम्बन्धि विभिन्न जिज्ञासा, यसबाट बच्ने उपायहरु, विश्वमा कोरोना संक्रमणको पछिल्लो तथ्याङ्क, नगरका जनप्रतिनिधिहरुको सम्पर्क, बीपीकेआईएचएस धरान हेल्प लाइनको सम्पर्क पनि पाउन सकिन्छ । यस एप्सबाट आफ्नो घर छिमेकमा भर्खरै विदेशबाट घर फर्केका, कोरोना संक्रमणका लक्षण देखिएकाहरुको जानकारी पनि सम्बन्धित वडाका जनप्रतिनिधिलाई गराउन सकिन्छ साथै आफ्नो घर छिमेकमा अति बिपन्न बर्गका परिवार भोकै देखेको खण्डमा एप्सको प्रयोग गर्दै सो सूचना वडा कार्यालयसम्म पुर्याउन सकिन्छ ।   

धरान उपमहानगर पालिकाले स्थापना गरेको फूड बैंकमा हालसम्म जम्मा भएको सहयोग र राहत समितिका सदस्यहरुसंग पनि एप्स प्रयोग गरि सिधै सम्पर्क गर्न सकिन्छ । 

कोड आई टी धरानको प्राविधिक सहयोग र वि धराने, प्रिमियर नेपालको बिशेष सहयोगमा सजल श्रेष्ठ, संगम शाक्य, गगन नेपाली र सुभम शर्माको समुहले तीन दिनको छोटो समयमा यो एप्सको विकास गरेका हुन । 

आज एक कार्यक्रमका बीच धरान उपमहानगर पालिकाका मेयर तिलक राइ, उपमेयर मन्जु भण्डारी (सुवेदी), प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खनाल र कोड आइटीका कार्यकारी प्रमुख  सजल श्रेष्ठले एप्स डाउनलोड गरी उदघाटन गरे।   

कोड आइटीका कार्यकारी प्रमुख सजल श्रेष्ठका अनुसार धरानेहरुले आफु र आफ्नो परिवारको स्वास्थ्य स्थिति एप्सको माध्यमबाट जानकारी गराइदिँदा, उक्त जानकारी अनुसार वडा समितिको कार्यालय र उपमहानगरको स्वास्थ्य महाशाखालाई पिडित सम्म आवश्यक सहायता प्रदान गर्न तथा सम्भावित कोरोना संक्रमितहरुलाई पहिचान गर्न सहज हुने छू । धरान उपमहानगर पालिकाका मेयर तिलक राइले यस विपदको घडीमा धराने युवाहरुले स्वतस्फुर्त रुपमा एप्सको निर्माण गरी उपमहानगर पालिकालाई सम्भावित संक्रमितको जानकारी संकलन गर्ने र आवश्यक  सहयोग पुर्याउने प्रणाली निर्माण गरिदिएकोमा एप्सको निर्माणमा सहभागी सम्पूर्ण सदस्यहरुलाई  धन्यवाद ज्ञापन गरे। 

कोभिड १९ धरान एप्सका विशेषताहरु : 

-आफू सन्चो भएको र नभएको जानकारी गराउन सकिने, 

– कोरोना सम्बन्धित लक्ष्यणहरु भएको या नभएको जानकारी पाउन सकिने, 

-कोरोना भाइरसको बारेमा जानकारी पाउन सकिने, 

– कोरोना भाइरस सम्बन्धि प्राय सोधिने प्रश्न उत्तरहरु पाउन सकिने, 

-आफू बाच्ने र अरुलाई बचाउने तरिकाबारे जानकारी पाउन सकिने,   

-विश्वभरको पछिल्लो कोरोना संक्रमितहरुको संख्या जानकारी पाउन सकिने,   

– विदेशबाट आएका वा कोरोना संक्रमणका सम्भावित व्यक्तिहरु आसपास भए जानकारी गराउन सकिने,   

– आवश्यक स्वास्थ्य संस्था अन्तर्गतको नम्बर र हेल्पलाइनमा सजिलै सम्पर्क गरी परामर्श लिन सकिने, 

-सम्बन्धित वडाका जनप्रतिनिधिसंग सजिलै सम्पर्क गर्न सकिने, 

– आसपास भएका विपन्न व्यक्तिहरुको सहि पहिचान गराउनु मद्दत गर्न सकिने,   

– फूड बैंकमा राहत दिनको लागि राहत समिति मा सिधै सम्पर्क गर्न सकिने   

– सम्पूर्ण धरानभित्र संकलन भएको खाद्यान्न सहयोगको नामावली सहित जानकारी पाउन सकिने 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *