धनगढीका कोरोना संक्रमित युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ

चैत्र २३, कैलाली । धनगढीका कोरोना संक्रमित ३४ वर्षीय युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको हो ।   

सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले उनको दोस्रो रिपोर्ट पोजेटिभ आएको बताएका हुन् ।   

उनी दुबईबाट आएपछि चैत ११ गते अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएको द्ध दिनपछि उनमा १४ गते कोरोना पुष्टि भएको थियो । 

उनको  फेरि केही दिनमा नमुना संकलन गरेर स्वास्थ्य परीक्षण गरिने डा. जोशीले बताएका छन् । 

उनको परिवारका सदस्यहरुको पुनः थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । 

उनलाई संक्रमण पुष्टि भएको केही दिनमै उनकी भाउजुमा पनि कोरोना संक्रमण देखिएको छ ।   

संक्रमित युवाकी भाउजुमा पनि शनिबार संक्रमण पुष्टि भएको हो । तर उनकी भाउजूको भने दोस्रोपटक परीक्षण गरिएको छैन ।   

यद्यपि परिवारका अन्य सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको डा. जोशीले बताए। 

शनिबार संक्रमित युवककी भाएजुसँग अन्य दुई जनामा पनि कोरोनाको संक्रमण देखिएको थियो । अहिले उनीहरु चारै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =