कोरोना रोकथाम कोषमा आयल निगमको ५० करोड सहयोग

चैत्र २०, काठमाडौं । नेपाल आयल निगमले कोरोना कोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ । 

कोरोना भाइरसको संक्रमणबाट बचाउन तथा यसको महामारीको विपत्तिसँग लड्न नेपाल सरकारले गरेको र गर्ने प्रयासमा सघाउन प्रतिबद्ध रहेको भन्दै आयल निगमले सरकारले खडा गरेको कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको हो ।  

५० करोड रुपैयाँ बराबरको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरेको निगमले जनाएको छ ।  

आयल निगम जग्गा खरिद प्रकरणः ...

विगतमा पनि निगमले राष्ट्रिय आवश्यकता, प्राकृतिक विपत्ती, भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको समयमा आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व बोध गर्दै राहात र सहयोग गर्दै आएको बताएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *