लकडाउनमा मर्निङवाक गर्ने एक सय भन्दाबढी पक्राउ

चैत २९, धरान । लकडाउन उल्लंघन गर्दै मर्निङवाक गर्ने एक सय भन्दाबढीलाई प्रहरीले पक्राउ गरेको छ । धरानमा मर्निङवाक गर्नेलाई पनि पक्राउ गर्न थालेको प्रहरीले आज बिहान एक सय भन्दाबढीलाई पक्राउ गरेको हो । 

सरकारले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि धरानसहित देशभरका नागरिकलाई घरबाहिर ननिस्कन भनेको छ । तर धरानमा मर्निङवाकको वहानामा बिहानै सडक, बजार क्षेत्रमा निस्कने क्रम नरोकिएपछि प्रहरीले कडा कदम चालेको हो । 

प्रहरीले बिहान ४ बजेबाट नै मर्निङवाकमा निस्केकाहरुलाई धरानको विभिन्न स्थानबाट पक्राउ गरी धरान १२ स्थित पब्लिक हाईस्कुलको मैदानमा राखेको थियो । उनीहरुलाई दुई घण्टापछि सम्झाएर छोडिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई कोभिड-१९ बारे जानकारीमुलक कक्षा दिइएपछि छोडिएको हो । 

प्रहरीले मर्निङवाक, इभिनिङवाक भन्दै लकडाउन उल्लंघन गर्नेहरु बढेपछि यो कदम चाल्न प्रहरी बाध्य भएको बताएको छ । अत्यावश्यक काम परेमा प्रहरीलाई जानकारी गराएर मात्र सवारीसाधनमा निस्कन प्रहरीको अनुरोध छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *