सरकार निकटस्थहरुलाई जागिर खुवाउनेतिर लाग्यो

वैशाख ४, काठमाडौं। नेपाली कांग्रेसले सरकार कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितहरुको उपचारमा गम्भीर नबनेको आरोप लगाएको छ। कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाडद्वारा जारी विज्ञप्तिमा अहिले सरकारको पहिलो काम जनताको सुरक्षा भएको उल्लेख छ।   

तर सरकार महामारी नियन्त्रणलाई छाडेर आफ्ना निकटस्थहरुलाई जागिर खुवाउनेतिर लागेको आरोप प्रमुख सचेतक खाडले लगाए। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो। आयोगको अध्यक्षमा देवी ज्ञवालीलाई नियुक्त गरिएको छ। 

सोही विषयतिर लक्षित गरी उनले विज्ञप्तिमा भनेका छन्, ‘वर्तमान सरकार जनताप्रतिको आफ्ना जिम्मेवारीबाट पन्छिँदै यस्तो गम्भीर एवं संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थहरुलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ।’   

कांग्रेसले रोक्यो क्रियाशील ...

उनले महामारी नियन्त्रणमा खटिएकाहरुको सुरक्षाका लागि गम्भीर बन्न सरकारलाई आग्रहसमेत गरेका छन्। प्रमुख सचेतक खाडले लकडाउनका कारणले रोजगार गुमेपछि पैदल हिँडेर घर जान खोजेकाहरुलाई बसोवास तथा खानपिनको उचित व्यवस्थापन मिलाउन पनि सरकारसँग माग गरे।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *