नेपालमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

चैत ३०, काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुको नमुना हेटौंडाको कोरोना ल्यावमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।   

  

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । कोरोना संक्रमण देखिएका तीनै जना भारतीय नागरिक भएको बताइएको छ ।   

हेटौंडा-१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा भारतबाट आएका २४ जनासहित ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा पोजेटिभ देखिएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । 

संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *