प्रधानमन्त्री ओलीको नियत प्रेस स्वतन्त्रतामाथिको नियन्त्रण गर्ने देखिन्छ: कांग्रेस सहमहामन्त्री महत

वैशाख ८, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको नियत प्रेस स्वतन्त्रतामाथि नियन्त्रण गर्ने भएको बताएका छन्।  

कोरोना भाइरसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको केही दिन अगाडिको अभिव्यक्तिप्रति टिप्पणी गर्दै कांग्रेस सहमहामन्त्री महतले यस्तो बताएका हुन् ।  

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीद्वारा बैशाख ७ गते सरकारी सञ्चार माध्यम मार्फत् सार्वजनिक अभिव्यक्तिका केही अंशले वर्तमान सरकार र प्रधानमन्त्री जनताले भोगेका चरम कष्टप्रति कति असंवेदनशील  र बेखबर छ भन्ने प्रष्ट गर्दछ।’ 

हजारौंको संख्यामा गाँस बासको समस्याले पीडित नागरिकहरु कयौं दिन लगाएर हिडेरै घर जान बाध्य भएको परिस्थिति समेत सरकारी संयन्त्रलाई थाहै नहुनु गैर जिम्मेवारीको पराकाष्ठा भएको सहमहामन्त्री महतको ठहर रहेको छ । 

जनताका उक्त समस्यालाई सञ्चार माध्यमहरुले सरकारको ध्यानाकर्षण गराउँदा समस्या समाधानतर्फ उन्मुख हुनुको साटो सो सम्बन्धि समाचार रहस्यमय ठान्नुप्रति सहमहामन्त्री महतले आपत्ति पनि जनाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *