कोभिड-१९ का कारण अमेरिकामा एकै दिन चार नेपालीको निधन

वाशिङटन डिसी । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार  कोरोनाका कारण निधन भएको छ ।   

यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ । 

शनिबार अरू चारजनाको निधन भएको हो । यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु छन् । सबै न्युयोर्कमा बस्दै आएका थिए  ।   

निधन भएकाको परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *