काठमाडौं उपत्यकामा वर्षा, कस्तो रहला देशभरको मौसम ?

वैशाख २, काठमाडौं ।  काठमाडौं उपत्यकासहित देशका केहि स्थानमा पानी परेको छ । देशमा स्थानीय तथा पश्विमी वायुको समेत प्रभाव रहेकाले मौसम बदली भएको हो । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकासहित देशका मध्य पहाडी भू-भागमा हल्का बर्षा भइरहेको हो । दिउँसो देशभरको मौसम बदली रहने छ भने  केहि स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको संम्भावना छ । 

यस्तो छ तीन दिनको पूर्वानुमान :-   

null

बैशाख २ गते (मंगलबार) 

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली  रहने छ। देशका केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ। 

रातीः  देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आँशिक बदली  रहने छ। मध्य र पश्चिमका पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

बैशाख ३ गते (बुधबार) 

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली  रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ। 

रातीः  देशको पुर्वी भू-भाग र मध्य तथा पश्चिमका पहाडी भु-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली  रहने छ। मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू-भागका  एक दुइ स्थानमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

बैशाख ४ गते (बिहिवार) 

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहने छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको मध्य र पश्चिमी पहाडी भू-भागका  एक दुई स्थानमा तथा पुर्वी भू-भागका  केही स्थानमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः  देशको पश्चिमी पहाडी भू-भागमा आँशिक बदली र मध्य तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको मध्य पहाडी भू-भागमा एक दुइ स्थानमा र पुर्वी भू-भागमा थोरै स्थानमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *