लकडाउन खुलेको तीन दिनपछि मात्र अदालत खुल्ने, बयान र थुनछेक भने जारी राखिने

चैत्र २८, काठमाडौं । देशभरका अदालतहरु लकडाउन हटेको तीन दिनपछि मात्रै खुल्ने भएका छन् ।  

सर्वोच्च अदालतले शुक्रबार एक विज्ञप्ति जारी गर्दै लकडाउनको अवस्था समाप्त भएको तीन दिनपछि देशभरका अदालत खुल्ने जानकारी दिएको हो । यो निर्णयसँगै अब वैशाख ६ गतेदेखि मात्रै अदालत खुल्ने छ ।  

सरकारले यसअघि चैत २५ गतेसम्म लकडाउन गरेको आधारमा सर्वोच्चले चैत २८ गतेसम्म अदालत बन्द गरेको थियो । शुक्रबारबाट सो अवधि सकिएपछि बैशाख ३ सम्म बन्द गर्ने निर्णय सर्वोच्चले गरेको छ । अदालतले अभियोग पत्र दर्ता, बयान, थुनछेक आदेश र म्याद थप लगायतका कामलाई भने निरन्तरता दिने जनाएको छ । 

सर्वोच्च अदालत – नेपाल टेलिभिजन

यदि सरकारले लकडाउनको अवधि बढाएको खण्डमा त्यसै अनुरुप अदालत पनि बन्द रहने र लकडाउन खुलेको ३ दिनपछि मात्रै अदालतको नियमित काम कारवाही सुरु हुने विज्ञप्तिमा उल्लेख छ । 

हेर्नुहोस्, विज्ञप्ति  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *