कोरोनाबाट विश्वभर १ लाख ४५ हजारको मृत्यु, अमेरिकामा मात्रै ३४ हजार बढीले ज्यान गुमाए

वैशाख ५, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट १ लाख ४५ हजार बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमित र मृतकको संख्या फेरी बढेको छ । 

अघिल्लो अपडेटमा एकदिनमा विश्वभर ८ हजार ६६ जनाको मृत्यु भएको थियो भने पछिल्लो २४ घण्टामा ११ हजार ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार ४६६ पुगेको छ । 

त्यस्तै संक्रमितको संख्या पनि बढेको देखिएको छ । अघिल्लो अपडेटमा एकै दिन विश्वभर ८४ हजार ९०९ जना संक्रमित भएका थिए भने पछिल्लो २४ घण्टामा एक लाख एक हजार ३९५ जना संक्रमित भएका छन् । पछिल्लो विवरणअनुसार संसारभर २१ लाख ८१ हजार १३१ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ । अहिलेसम्म विश्वभर ५ लाख ४६ हजार ७४३ जना निको भएका छन् ।   

पछिल्ला दिनमा कोभिड-१९ को इपीसेन्टर बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार १५९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ३४ हजार ६०२ पुगेको छ । अमेरिकामा एकैदिन २९ हजार १७७ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ७७ हजार १८० पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ५७ जार ५०८ जना उपचारपछि निको भएका छन् ।   

फ्रान्समा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा घटेको हो । हिजो १४ सय बढीले जनाले ज्यान गुमाएका थिए । एकैदिन ८६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ९२० पुगेको छ । एकै दिन १७ हजार १६४ जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार २७ पुगेको छ । 

बेलायतमा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ७२९ पुगेको छ । एकै दिन ४ हजार ६१७ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३ हजार ९३ पुगको छ । 

इटालीमा १ लाख ६८ हजार ९४१ कुल संक्रमित भएका छन् भने २२ हजार १७० जनाको मृत्यु भएको छ । यसैबीच ४० हजार १६४ निको भएर फर्किएका छन् ।  स्पेनमा एक लाख ८४ हजार ९४८ कुल संक्रमित भएका छन् भने १९ हजार ३१५ जनाको मृत्यु भएको छ । यसैबीच ७४ हजार ७९७ जना निको भएर फर्किएका छन् ।   

इरानमा ७७ हजार ९९५ कुल संक्रमित भएका छन् भने ४ हजार ८६९ जनाको मृत्यु भएको छ । यसैबीच ५२ हजार २२९ निको भएर फर्किएका छन् । बेल्जियममा ३४ हजार ८०९ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ८५७ जनाको मृत्यु भएको छ । यसैबीच ७ हजार ५६२ निको भएर फर्किएका छन् । 

जर्मनीमा एक लाख ३७ हजार ६९८ कुल संक्रमित भएका छन् भने ४ हजार ५२ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार निको भएर फर्किएका छन् । चीनमा अहिलेसम्म ८२ हजार ३४१ कुल संक्रमित भएका छन् भने ३ हजार ३४२ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ८९२ निको भएर फर्किएका छन् ।   

नेदरल्याण्डसमा अहिलेसम्म २९ हजार २१४ जना संक्रमित भएका छन् भने ३ हजार ३१५ जनाको मृत्यु भएको छ ।  ब्राजिलमा ३० हजार ४२५ जना संक्रमित भएका छन् भने एक हजार ९२४ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म १४ हजार २६ जना ठिक भएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *