‘प्रधानमन्त्रीका आइटी सल्लाहकारका कारण २२ वटा बैंकमा रहेको अर्बौं रकम जोखिममा छ’ डा. काेइराला

चैत्र २१, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सूचना प्रविधि सल्लाहकार अगसरी अलीलाई तुरुन्त बर्खास्त गर्नुपर्ने बताएका छन् ।   

आज एक विज्ञप्ति नै प्रकाशित गर्दै कांग्रेस केन्दीय सदस्य डा. कोइरालाले प्रधानमन्त्रीका सूचना प्रबिधि सल्लाहकार असगर अलिको लगानी रहेको सिरान टेक्नोलोजीले ‘काठमाडौ प्रेस’ को समाचार साईटबाट हटाईएको (ह्याक गरेको) बिषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसले प्रेस र अभिब्यक्ति स्वतन्त्रतामा गम्भिर असर गरेको जिकिर गरेका छन् ।   

‘संसारमै नहुने यस्तो बिरलै घटना प्रेस र अभिब्यक्ति स्बतन्त्रता हननको उच्चतम् र निकृष्ट नमूना हो । संसारमा कहिँ र कतैपनि प्रकाशित समाचारलाई लिएर बिमती हुदैमा वेभ डेभलपरले यसरी समाचार हटाउन पाउँदैनन् ।’ डा. कोइरालाले भनेका छन् ।  डा. कोइरालाले भनेका छन्–‘प्रधानमन्त्री ओलीले आफ्ना ति सूचना प्रबिधिविज्ञलाई तुरून्त पदबाट बर्खास्त गर्नुपर्छ र यो घटनामा संलग्न दोषीहरूमाथी कारबाही गरिनुपर्छ ।’ 

डा. कोइरालाले सिरान टेक्नोलोजीले यस घटनाप्रति माफी मागीसकेको प्रसंगमा सरकारले अब कानुनी कारबाही अगाडी बढाउनु पर्ने बताएका छन् ।  उनले निज अलि संलग्न रहेको कम्पनीले देशका धेरै निजी कम्पनीहरूको एप्लिकेशन बनाएको भन्दै भोली यसरी नै सिरान टेक्लोनोजीले झै सूचना प्रबिधिको पहुँच दुरूपयोग गरी अली संलग्न कम्पनीले निजी बैकमा रहेको अर्बौं रूपैयां तलमाथी गरे त्यसको परिणाम के हुन्छ भन्दै गम्भिर प्रश्न उठाएका छन् ।   

‘समाचार साईट ह्याक गर्नेको हातमा २२ बटा वाणिज्य बैंक र २६ बटा बित्तिय संस्थाको गेटवे हुनुले लाखौं नेपालीले आफ्नो दुःख  परिश्रम गरेर जम्मा गरेको अर्बौं रूपैंयाको जोखिम बढाएको छ ।’ डा. कोइरालाले भने । उनले सरकारले तुरून्त यो जोखिमको ब्यबस्थापन गरी उल्लेखित कुनैपनि बैंकमा रहेको नेपाली जनताको एक रूपैंयापनि जोखिममा नपर्ने सुनिश्चित गर्नुपर्ने बताएका छन् ।   

प्रधानमन्त्री ओलीका आइटी सल्लाहकार अगसर अलीको सिरान टेक्नोलोजीजले बुधबार काठमाडौं प्रेस डटकमको साइट ह्याक गरी कोरोना सामग्री खरिद प्रकरणमा रक्षामन्त्री इश्वर पोखरेलका छोरा र प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालका छोराको समेत संलग्नता भएको समाचार प्रकाशित गरेको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *