कालो लसुनका फाइदा अनेकः यी खतरनाक रोगहरूबाट बचाउँछ !

आयुर्वेदमा उल्लेख भएअनुसार सेतो लसुनमा अमृत समान कयौँ गुणहरु हुन्छन् । सेतो लसुन मात्रै होइन, कालो लसुन झनै धेरै फाइदाजनक हुन्छ ।  

धेरैलाई कालो लसुनको बारेमा थाहा छैन । कालो लसुन पनि सेतो लसुनकै अर्को रुप हो । कालो लसुन सेतो लसुनलाई नै कालो बनाइने हो ।  

कालो लसुन विशेष प्रक्रियाबाट तयार पारिन्छ । लसुनलाई तातो र आद्र्रतायुक्त ठाउँमा राखिन्छ । जुन तापक्रममा लसुन डढ्दैन र यसका एन्जाइहरु टुक्रिन्छन् । जसमा विशेष प्रकारको एन्टी अक्सिडेन्ट्स उत्पादन हुन्छ । यसका साथै, उक्त लसुनमा पोलिफेनास, फ्लेवोनोइड र अल्कलोइड पनि उत्पादन हुन्छ । 

कालो लसुनका फाइदाहरु 

–यसले रक्तसञ्चार सन्तुलनमा राख्न मद्दत गर्छ । 

–कोलेस्ट्रोल नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।  

–मुटुसम्बन्धी रोगहरु कम गर्न र रोगप्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ ।  

–विभिन्न प्रकारका क्यान्सरहरु रक्त क्यान्सर, पेटको क्यान्सर, पेटको क्यान्सरहरुको उपचारमा प्रयोग गर्ने गरिन्छ ।  

–साथै, एलर्जी कम गराउन, मेटाबोलिज्म बढाउन, कलेजोमा कुनै पनि प्रकारका रोग लाग्न र मस्तिष्क स्वस्थ राख्न सहयोग पुर्याउँछ ।  

कालो लसुन निर्माणपछि झनै धेरै फाइदाजनक बन्छ । यो बन्ने क्रममा यसमा एन्टी इन्फ्लामेटरी गुण पनि निर्माण हुन्छ । कालो लसुन नियमित सेवन गरेका शरीरका कुनै पनि अंग सुन्निने समस्या कम हुँदै जान्छ ।  

दैनिक खानामा कालो लसुन खाँदा रगतमा चिनीको मात्रा नियन्त्रण हुने एबीपी न्यूजमा उल्लेख छ । मुटु स्वस्थ राख्न, विभिन्न प्रकारका क्यान्सरको सम्भावित जोखिमबाट बच्न कालो लसुन खाने गर्नुपर्छ । – एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *