चीनबाट स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुगे दुई वाइडबडी
मकालु खबर
२०७७ वैशाख ५ गते
वैशाख ५, काठमाडौं । चीनको गोन्जाओबाट औषधि र स्वास्थ्य सामग्री लिएर नेपाल एअरलाइन्सका दुईवटै वाइडवडी जहाज नेपाल आइपुगेका छन् । दुवै जहाज आज बिहान १५ मिनेटको फरकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
विमानस्थलले दिएको जानकारी अनुसार एउटा जहाज बिहान ७ बजे र अर्को जहाज बिहान सात बजेर १५ मिनेटमा अवतरण गरेका थिए । कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि निजी क्षेत्रले खरीद गरेको सामग्री लिन निगमका दुई जहाज विहिबार साँझ चीनको गोन्जाओतर्फ उडेको थियो ।
निजी क्षेत्रले औषधि र उपकरण ल्याउनको लागि फ्लास फ्रेटले र साङ्ग्रिला फ्रेटले जहाज चार्टर्ड गरेका हुन् । लकडाउनको अवधिमा निगमका अन्तर्राष्ट्रिय उडान सर्वाधिक भएका छन् । यस अवधिमा निगमले सात अन्तर्राष्ट्रिय उडान भरेको छ ।
null
मकालु खबर
२०७७ वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित