मन्त्रिपरिषदको निर्णय : एक स्थानीय तहबाट अर्कोमा जान नपाइने
२०७६ चैत २२ गते

काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउनमा कडाइ गर्दै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाइने निर्णय गरेको छ ।
शुक्रबार अबेरसम्म चलेको बैठकले लकडाउनमा कडाइ गर्दै सो निर्णय गरेको हो ।
कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको सरकारले पहिलो चरणको चैत १८ गतेसम्म घोषणा गरिएकोमा पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकेको थियो ।

सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले लकडाउन थप्ने बारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी दिएका छन् ।
२०७६ चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित








