कोरोना संक्रमितको संख्या विश्वभर १७ लाख, पाँच लाखभन्दा बढी बिरामी अमेरिकामा

चैत्र २९, काठमाडौं। अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या पाँच लाख नाघेको छ। यो समाचार तयार पार्दासम्म विश्व स्वास्थ्य संगठन (डब्‍ल्‍यूएचओ)को तथ्यांक अनुसार अमेरिकामा संक्रमितको संख्या पाँच लाख तीन हजार एक सय ७७ पुगेको छ। 

शुक्रबार मात्र अमेरिकामा साढे ३३ हजार भन्दा धेरै नयाँ संक्रमित फेला परेको भने दुई हजार बढी मानिसको भाइरसको कारण मृत्यु भएको डब्‍ल्‍यूएचओको तथ्यांकले देखाएको छ। अहिलेसम्म अमेरिकामा २९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किसकेका छन्। कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण केही मुलुकमा बाहेक विश्वभर फैलिसकेको छ। 

हालसम्म १७ लाख बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ। जसमध्ये पाँच लाख बढी अमेरिकी नागरिकमा कोरोना देखिएको छ। हालसम्म विश्वभर १ लाख २ हजार ८ सय ४३ जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरस लागेका ३ लाख ७७ हजार ९० जना भने उपचारपछि स्वस्थ बनेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 19 =