कोरोना अस्पतालका स्वास्थ्यकर्मीको कोरोना जाँच

चैत्र ३०, चितवन। भरतपुर कोरोना अस्पताल तथा चितवनका अन्य विभिन्न अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको कोरोना भाइरसको नमुना जाँचका लागि प्रयोगशालामा पठाइएको छ।   

कोरोना अस्पतालमा सुरुआत देखि सक्रिय रहँदै आएका भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी, नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष अनिलविक्रम कार्कीसहित ३० जना चिकित्सक तथा स्वास्थ्य कर्मीको स्वाबको नमुना परीक्षणका लागि भरतपुर कोरोना प्रयोगशालामा पठाइएको हो।   

फ्रन्टलाइनमा रहेर बिरामीको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको नमुना जाँचका लागि पठाइएको हो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =