आगलागीमा परी वडाध्यक्षको छोराको मृत्यु, श्रीमती घाइते
मकालु खबर
२०७७ वैशाख ८ गते
वैशाख ८, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्क नजिकैको खनाल स्टोर्समा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आगलागिमा परि पसल सञ्चालक पूर्ण खनालका छोरा १५ वर्षीय समीर खनालको मृत्यु भएको हो भने उनी र उनकी श्रीमती रुपा खनाल घाइते भएकी हुन् ।
पसल सञ्चालक खनाल बागलुङको बरेङ गाउँपालिका वडा नम्बर–३ बाटाकाचौरका वडा अध्यक्ष हुन् । आगलागी विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अहिले आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७७ वैशाख ८ गते
प्रतिक्रिया
सम्बन्धित